देशबासीका नाममा ओलीको सम्बोधन आज २ बजे-Sutra News

देशबासीका नाममा ओलीको सम्बोधन आज २ बजे

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आज २ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । 



उनका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत दिउँसो २ बजे ओलीको सम्बोधन आउने जानकारी गराएका छन् । 

सर्वोच्चको आदेशपछि बर्खास्त भएका प्रधानमन्त्री ओलीले गर्ने यो अन्तिम सम्बोधन हो । 

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज २:०० बजे सिंहदरबारबाट सम्बाेधन गर्नुहुने जानकारी गराउन चाहन्छु,’ थापाले लेखेका छन्, ‘उक्त सम्बाेधन नेपाल टेलिभिजन, रेडियाे नेपाललगायत सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारणकाे व्यवस्था मिलाइएको छ।’

अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अन्तरिम आदेश जारी गरेको छ । 

अदालतको आदेशअनुसार देउवा आजै ५ बजे प्रधानमन्त्री नियुक्त हुँदैछन् ।  

*शीर्षकमा अन्यथा भएकाले सच्याइएको छ – सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट