बालुवाटारमा सामान प्याकिङको काम लगभग सकियो-Sutra News

बालुवाटारमा सामान प्याकिङको काम लगभग सकियो

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

आज दिउँसो देशबासीका नाममा सम्बोधन गरिसकेपछि प्रधानमन्त्री ओलीले बालुवाटार छाड्ने कार्यक्रम रहेको छ ।



१२ बजे नै सबै सामानहरू प्याकिङको काम सकिइसकेको बालुवाटार स्रोतले दाबी गरेको छ ।

‘हामी २ बजेपछि मूभ हुने कार्यक्रम रहेको जानकारी आएको छ,’ बालुवाटारस्थित सुरक्षा स्रोतले सूत्रन्यूजलाई जानकारी दियो, ‘अहिलेसम्म प्याकिङका काम लगभग सकिएको छ । कतिपय सामान त गाडीमा लोड गरिसकिएको छ ।’

सोमवार सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । अदालतकै आदेशअनुसार देउवा आज ५ बजे वल्तिरै प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।

ओलीले त्यसअघि नै बालुवाटार छोडेर बालकोट जाने मनस्थिति बनाएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट