नेपाली कांग्रेसले मंगलबार बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ ।
पदाधिकारी बैठक भोलि बिहीबारका लागि सरेको एक नेताले जानकारी दिए ।
सरकार गठनका विषयमा अन्य पार्टीसँग छलफलमा व्यस्त भएकोले पदाधिकारी बैठक स्थगित भएको हो ।
सर्वोच्च अदालतको आदेश अनुसार देउवाले मंगलबार बेलुका प्रधानमन्त्रीको शपथ लिँदै छन्।