राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्।
संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतले नयाँ प्रधानमन्त्रीका रूपमा देउवालाई नियुक्त गरिसकिएको जानकारी दिएको छ ।
‘संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको छ र यसको जानकारी उहाँलाई पठाइसकिएको छ,’ कार्यालय स्रोतले सूत्रन्यूजसँग भन्यो ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।