नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीका लागि ३ जनाको नाम बोकेर बुढानीलकण्ठ छिरेका छन् ।
गृहमा जनार्दन शर्मा र अन्यमा थप २ जना नेताको नाम बोकेर प्रचण्ड बुढानीलकण्ठ पुगेका हुन् । स्रोतका अनुसार प्रचण्डले बोकेको लिस्टमा शर्मासँगै देवेन्द्र पौडेल र पम्फा भुसालको नाम रहेको छ ।
तर तत्कालै विश्वासको मत लिनुपर्ने भएकाले त्यसअघि निकै सानो मन्त्रिमण्डल बनाउने प्रस्ताव देउवाले गरेका छन् । कांग्रेस, माओवादी र जसपाबाट अहिले १/१ जनाको मात्र सपथ गराउने निष्कर्षमा देउवा रहेका छन् ।
कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले मन्त्री बनाउन चाहेका छन् भने जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव आफैं उपप्रधानसहित परराष्ट्र मन्त्री बन्ने चाहना राखेको स्रोतको दाबी छ ।
अध्यक्ष प्रचण्ड आफ्नो दलको स्थायी कमिटी बैठक सकेपछि बुढानीलकण्ठ हान्निएका हुन् ।
बैठकले मन्त्री छान्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।
सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि केपी शर्मा ओलीले भने बालुवाटार छोड्ने तयारी गरेका छन् ।
प्रधानमन्त्रीमा देउवाको नियुक्ति भइसकेको र आजै सपथग्रहण गराउने तयारी रहेको शीतलनिवास स्रोतले दाबी गरेको छ ।