बाढीपहिरो पीडितलाई राहत दिन काँग्रेस प्रवक्ता शर्मा सिन्धुपाल्चोकमा-Sutra News

बाढीपहिरो पीडितलाई राहत दिन काँग्रेस प्रवक्ता शर्मा सिन्धुपाल्चोकमा

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

अविरल वर्षाका कारण आएको बाढीको कारण समस्यामा परेका सिन्धुपाल्चोकका नागरिकहरुलाई नगदसहित खाद्यान्नलगायत राहत सामग्री वितरण गरिएको छ।



नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबा र सिन्धुपाल्चोक पुगेर विभिन्न देशमा रहेका नेपालीहरूले संकलन गरी पठाएको नगदसहित राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

मेलम्ची र हेलम्बुको बाढीपहिरो प्रभावित क्षेत्रका पीडितलाई १० लाख २० हजार ८ सय ६३ रूपैयाँ नगद र दनुवार बस्तीका एक सय ९ घरका लागि एकेक बोराका दरले खाद्यान्न वितरण गरेको बताइएको छ।

हेलम्बुमा १० बाढीपीडित परिवारलाई थप राहतका लागि तीन लाख २० हजार नगद गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट