अदालतले संविधान संशोधन गरिदिएको ओलीको आरोप-Sutra News

अदालतले संविधान संशोधन गरिदिएको ओलीको आरोप

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

अदालतबाट बर्खास्त गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई संविधान संशोधन गरेको आरोप लगाएका छन् ।



बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतले गलत फैसला गरेको भन्दै आक्रोश पोखेका हुन् ।

‘निश्चित व्यक्तिका निश्चित आकांक्ष परिपूर्ति गर्न गरिएको यस्तो फैसलाले संविधानको संशोधन भएको छ,’ ओलीले सम्बोधनका क्रममा भने ।

उनले न्यायालयले अतिरिक्त सक्रियता देखाएर जोखिम निम्त्याएकोसमेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट