ओलीको प्रश्न – यो करेसाबारीको झगडा हो ? फैसला अनुचित छ-Sutra News

ओलीको प्रश्न – यो करेसाबारीको झगडा हो ? फैसला अनुचित छ

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

सर्वोच्च अदालतबाट बर्खास्तीमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसलाप्रति विषवमन गरेका छन् ।



देशबासीका नाममा सम्बोधन गर्ने नाममा ओलीले अदालतको फैसलाप्रति चरम आक्रोश पोखेका हुन् ।

मंगलवार गरेको सम्बोधनमा उनले सर्वोच्च अदालतले गरेको फैसलालाई ‘करेसाबारीको झगडा’ भनेका छन् ।

‘यो करेसाबारीको झगडा हो ?’ ओलीले भने, ‘विश्वको इतिहासमा पहिलोपल्ट अदालतबाट तोकियो । प्रधानमन्त्री हटाइयो । यही विश्वमा अनुसरनीय भएछ भने बिडम्बना भन्नुपर्ला ।’

‘अदालतको फैसला अनुचित छ, हाम्राविरुद्ध छ । संवैधानिक हिसाबले हेर्ने हो भने अनुपयुक्त छ,’ उनले भने ।

उनले आफ्नो सरकार ढाल्न बाहिरबाट पनि कोशिसहरू भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट