काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित गृह मन्त्रालय पनि आफैंले राख्ने भएको छ ।
प्रधानमन्त्री देउवाले मंगलबार बालकृष्ण खाँडलाई गृहमन्त्रालयको जिम्मेवारी दिने गरी शपथ गराउने भएका हुन् ।
त्यस्तै कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।