काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीको सपथ लिन राष्ट्रपति कार्यालय, शीतलनिवास पुगेका छन् ।
उनले मंगलबार नै नेपाली कांग्रेस र माओवादीबाट केहीलाई मन्त्री नियुक्त गर्नेछन् । कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बन्दैछन् ।
त्यस्तै माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने स्रोतले जानकारी दिएको छ ।