‘बालुवाटार टू बालकोट’ यात्रा – सामान आज, ओली भोलि-Sutra News

‘बालुवाटार टू बालकोट’ यात्रा – सामान आज, ओली भोलि

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधवार आफ्नो निजी निवास बालकोट सर्ने भएका छन् । एमालेनिकट नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले ओली बुधवार बिहान १० बजे बालुवाटारबाट निस्केर बालकोट जाने बताएका हुन् ।



सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् – ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बोलि बालुवाटार सरकारी निवासबाट निजी निवास बालकोट प्रस्तान गर्ने कार्यक्रम आयोजना गरिएकाले बिहान १० बजे गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।’

ओली भोलिमात्र बालकोट जाने भएपनि कतिपय सामानहरू आजै लगिएको छ । सूत्रन्यूजसँग बालुवाटारको सुरक्षा स्रोतले भन्यो – ‘जाने तयारी त आजै थियो, तर साइत नमिलेका कारण भोलि जाने भन्ने छ । ३/४ गाडी सामान बालकोट पठाइसकिएको छ ।’

यसअघि एक कार्यक्रममा ओलीनिकट नेता महेश बस्नेतले हजारौं गाडीहरूले स्कर्टिङ गरेर ओलीलाई बालकोट लैजाने बताएका थिए ।

सर्वोच्च अदालतले ओलीलाई बर्खास्त गरिदिएको एक दिनपछाडि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश नै जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट