काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा सपथ लिन अस्वीकार गरेपछि राष्ट्रपतिले नियुक्ति सच्याउने तयारी गरेकी छिन् ।
देउवाको अडानपछि राष्ट्रपतिले संविधानको धारा उल्लेख गरी देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिने तयारी गरेको र त्यसबारे छलफल भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रपति कार्यालयकाअनुसार राष्ट्रपति भण्डारी यतिखेर कानुन व्यावसायीहरूसँग परामर्श गर्दैछिन् ।
संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने भन्दै देउवाले अडान लिएका थिए ।
राष्ट्रपति कार्यालयबाट संविधानको धारा उल्लेख नै नगरि आज दिउँसो जारी भएको यस्तो छ: