काठमाडौं- रोजर फेडेरर तथा महिला तर्फ बेलायती नम्बर एक जोहान्ना कोन्टा टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन् ।
३९ वर्षका फेडेरर घुँडाको चोटका कारण टोकियो ओलम्पिकमा सहभागी नहुने भएका हुन् ।
उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा उनले डबल्समा स्वर्ण पदक जितेका थिए भने सन् २०१२ मा रजत पदक जितेका थिए । एकल तर्फ भने उनी फाइनलमा एण्डी मुरेसँग पराजित भएका थिए ।