sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

को-को हुन् ओली सरकार ढाल्ने एमाले नेताहरू ? सूर्य थापाले सार्वजनिक गरे नामावली

को-को हुन् ओली सरकार ढाल्ने एमाले नेताहरू ? सूर्य थापाले सार्वजनिक गरे नामावली

images

सुत्र न्यूज

३० आषाढ २०७८
  • 4.9K
    SHARES
  • काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेभित्रका २३ जनाको गद्दारीले एमाले सरकार ढलेको आरोप लगाएका छन् । बुधबार बिहानै ट्‍वीट गर्दै थापाले पार्टीका वरिष्ठ नेता माधव नेपाललाई समेत कांग्रेस सभापति शेरबहादुर देउवाको बैशाखी बनेको भनेका छन् ।

    ‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बन्‍ने र पहिलो बधाई दिन आतुर माधव नेपालको निम्ति त यो हर्षविभोर क्षण होला !’, थापाले ट्‍वीटमा भनेका छन् । ‘जनादेश विपरित परमादेशबाट श्री शेवदेको प्रममा नियुक्ति ‘हलो ताछी मुङ्ग्रो’ बनाए जस्तै हो । यिनै २३ को गद्दारीको परिणाम त हो !’ भन्दै उनले सरकार ढाल्ने २३ नेताको नामसमेत सार्वजनिक गरेका छन् ।

    पार्टीका वरिष्ठ नेता माधव नेपालकाविरुद्ध बेला–बेला कटु आलोचना गर्दै आएका थापाले २३ गद्दारीको परिणाम भन्दै वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, डा‍‍.भीम रावल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, मेटमणि चौधरीलगायतको नाम सार्वजनिक गरेका छन् । 

     


    प्रकाशित :आषाढ ३०, २०७८ बुधवार - १४:०९:५८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.