नेकपा एमालेका नेता भीम रावलले आफूले ‘रअ’का प्रतिनिधिसँग भेट नगरेको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नेता रावलले आफूले उनीहरूसँग नभेटेको प्रष्टिकरण दिएका हुन् ।
उनले आफू र रघुजी पन्त माधव नेपालको निवासमा रहेको र त्यतिबेला नै अर्का नेता विष्णु पौडेलको फोन आएको हुँदा बालुवाटार गएको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।
रावलको ‘रअ’का प्रतिनिधिसँग भेट भएको समाचार यसअघि सूत्रन्यूजले उच्च सुरक्षा स्रोतको हवाला दिँदै पहिलोपटक प्रकाशित गरेको थियो । होटेल मेरियटमा भएको भेटवार्ता पुष्टि हुने पर्याप्त आधार सूत्रन्यूजसँग रहेको छ ।