राष्ट्रपतिको बधाई पाएनन् देउवाले-Sutra News

राष्ट्रपतिको बधाई पाएनन् देउवाले

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।



सपथका लागि शितल निवास पुगेका नवनियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भाषा नमिलेको भन्दै त्यसलाई नसच्याएसम्म सपथ नलिने अडान राखेका थिए ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भएको थियो । जसमा भनिएको थियो, ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालत, संवैधानिक इजलासको २०७८।३।२८ को फैसलाबमोजिम प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा धारा नखुलाएको हुनाले संविधानविदहरुले देउवालाई सपथ नखान सुझाएका थिए ।

विवादका कारण नवनियुक्त प्रधानमन्त्रीको सपथ अढाई घण्टा ढिला भएको थियो ।

देउवाले सपथ भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले उनलाई बधाई दिए तर राष्ट्रपति भण्डारीले भने दिइनन् ।

देउवाको सपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री ओली भने अनुपस्थित रहेका थिए ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट