काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला रिहा भएकी छन् ।
जिल्ला अदालत, काठमाडौंले उनलाई छाड्न आदेश दिएसँगै उनी मंगलबार रिहा भएकी हुन् ।
उनका पति हिमाल उपाध्यायलाई चाहिँ एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
प्रहरी वृत्त, गौशालामा पुरानो साथी खुश्बु (नविता) घिमिरेलाई कुटपिट गरेपछि उनीविरुद्ध किटानी जाहेरी परेको थियो त्यसपछि उनी ६ असारमा पक्राउ परेकी थिइन् ।
त्यतिमात्र होइन उनले एक प्रहरी अधिकारीलाई सरुवा गराइदिने धम्कीसमेत दिएकी थिइन् ।