काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बुधबार भेटवार्ता भएको छ ।
एमालेका नेता नेपाललाई भेट्न श्रेष्ठ आज बिहानै उनको निवास कोटेश्वर पुगेका थिए ।
नेपाल निवासमा आज उनीहरुबीच भएको भेटमा नेता श्रेष्ठले नेपाली काँग्रेसबाट भर्खरै प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत दिएर सहयोग गर्न आग्रह गरेको बताइएको छ ।
तर विपक्षी गठबन्धनमा सक्रीय रहेका नेता नेपाल एमाले एकताका लागि भन्दै अहिले उक्त गठबन्धनबाट बाहिरिएका छन् ।
यस्तै आज नेपाल निवासमा नै नेता वामदेव गौतम र माधव नेपालको छलफल भएको थियो ।
देशको राजनीतिक कोर्स फरक ढंगले अगाडी बढ्न लागेसँगै नेताहरुले आफ्नो भेटवार्ता तीव्र पारेका छन् ।