पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले भने- मलाई अनुहार चाहिन्न, जात चाहिन्न, केवल काम चाहिन्छ-Sutra News

पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले भने- मलाई अनुहार चाहिन्न, जात चाहिन्न, केवल काम चाहिन्छ

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफू नतिजामुखी भएर काम गर्ने बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।



पदभार समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’

त्यस्तै उनले देशको अर्थतन्त्र उकास्नका लागि आफू डटेर लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट