बालकोटमा ओली समर्थकको नारा- प्रचण्डलाई फाँसी दे, माकुनेलाई फाँसी दे !-Sutra News

बालकोटमा ओली समर्थकको नारा- प्रचण्डलाई फाँसी दे, माकुनेलाई फाँसी दे !

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास छाडेर आफ्नै निजी निवास पुगेका छन् ।



नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका नेता तथा कार्यकर्ताले बाजागाजासहित उनलाई बालकोट पुर्याएका छन् ।

बालकोटमा ओली समर्थकहरुले माकुनेलाई फाँसी दे,  प्रचण्डलाई फाँसी दे’ नारासमेत लगाएका छन् ।

ओली समर्थकहरुले बालुवाटारबाट निस्कने बेलामा ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं’ जस्ता नाराहरु पनि लगाएका थिए ।   

बालुवाटार छोड्ने क्रममा उनलाई एमालेका करीब १ हजार कार्यकर्ताले बाइक र गाडीमा स्कर्टिङ गरेका थिए । 

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओली बर्खास्त भएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट