काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री तथा केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई गल्ती महशुस गरेपनि पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन् ।
आफ्नो निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘माधव नेपालले आफ्नो गल्तीकमजोरी महशुस गरेपनि पार्टीमा स्वीकार्ने ठाउँ छैन।’ उनले भने ।
माधव नेपालकै कारण अहिलेको अवस्था आएको उनको भनाई छ ।