नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरूले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको घर घेराउ गर्ने तयारी गरेका छन् ।
निर्वतमान प्रधानमन्त्री ओली आज सरकारी निवास बालुवाटार छोडेर आफ्नै निजी निवास जान लाग्दा उनका समर्थकहरुले बाजागाजासहित र्याली प्रदर्शन गरेका थिए ।
उनीहरूले नेता नेपाललाई फाँसी दिनुपर्ने मागसहितको नारासमेत लगाएका थिए ।
सर्वोच्च अदालतको फैसलासँगै ओली प्रधानमन्त्री पदबाट मुक्त भएका हुन् ।