google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
व्यक्तिगत स्वार्थ छैन, परिणाम निकाल्ने गरी काम गर्छु – ऊर्जामन्त्री भुसाल-Sutra News

व्यक्तिगत स्वार्थ छैन, परिणाम निकाल्ने गरी काम गर्छु – ऊर्जामन्त्री भुसाल

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो कुनै स्वार्थ नभएको बताएकी छन् । बुधवार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै आफो एउटै स्वार्थ भनेको परिणाम निकाल्ने गरी काम गर्नु रहेको बताएकी हुन् ।



‘मसँग कुनै व्याक्तिगत स्वार्थ छैन,’ भुसालले भनिन्, ‘एउटै स्वार्थ छ, त्यो हो परिणाम निकाल्ने गरी काम गर्नु ।’

पदभार ग्रहणका क्रममा उनले विद्युत र सिंचाई नपुगेका ठाउँमा तत्काल पुर्याउने गरी काम गर्ने बताइन् ।

भुसालले मंगलवार मन्त्री पदको सपथ लिएकी थिइन् । सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट पम्फा भुसाल र जनार्दन शर्माले शुरुमै सपथ लिएका छन् । शर्मा अर्थमन्त्री बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट