सरकारलाई सहयोग गर्न तयार छौं – भारतीय राजदूत क्वात्रा-Sutra News

सरकारलाई सहयोग गर्न तयार छौं – भारतीय राजदूत क्वात्रा

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मिलेर काम गर्ने प्रस्ताव राखेका छन् ।



बुधवार बिहान देउवानिवास बुढानीलकण्ठ पुगेर क्वात्राले बधाई तथा सफल कार्यकालको शुभकामनासँगै सरकारलाई भारतको सहयोग हुने आश्वासनसमेत दिएको देउवानिकट स्रोतको दाबी छ ।

‘भारतले नेपालको सरकारसँग मिलेर काम गर्न चाहेको राजदूत क्वात्राले बताउनुभयो,’ स्रोतले भन्यो, ‘नेपाल-भारत पुराना घनिष्ठ मित्र रहेको र त्यहाँमाथि नेपाली कांग्रेससँग भारतको सम्बन्ध पहिल्यैदेखि राम्रो भएकाले यो सरकारलाई भारतको सहयोग हुने आश्वासन पनि आएको थियो ।’

जवाफमा देउवाले नेपाल-भारतबीचको विशिष्ठ सम्बन्धलाई अझ माथि उठाउने छिमेकी नीति आफ्नो रहेको बताएका थिए ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि अमेरिका र भारतको शुभकामना आइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट