नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वर जाँदै-Sutra News

नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वर जाँदै

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा जाने भएका छन् ।



स्रोतका अनुसार उनी केहीबेरमा कोटेश्वर पुग्नेछन् ।

अदालतले परमादेश जारी गरेसँगै देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपालसहित जम्मा २३ जनाले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट