विप्लवले किन भेटे प्रचण्ड ?-Sutra News

विप्लवले किन भेटे प्रचण्ड ?

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पूर्वसहयोद्धा एवम् नेकपा क्रान्तिकारीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेता धर्मेन्द्र बास्तोलाले भेटेका छन् । उनीहरुले बुधबार प्रचण्ड निवास खुमलटारमा पुगेर भेटवार्ता गरेका हुन् ।



हिंसात्मक राजनीति गर्दै आएको विप्लव समूह केही महिना अघि मात्रै तत्कालिन सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारमा आएको थियो । निवर्तमान केपी ओली नेतृत्वको सरकारसँग गरिएको सहमति कार्यान्वयन र पार्टी एकताका विषयमा समेत छलफल भएको खुमलटार स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना भएर विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि विप्लवले प्रचण्ड भेटेका हुन् । प्रतिनिधिसभा पुनर्स्तापनाका विषयमा विप्लव समूह मौन थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट