बालुवाटारको सरकारी जग्गा कीर्ते प्रकरण: १० लाख धरौटी बुझाएर छुटे गच्छदार-Sutra News

बालुवाटारको सरकारी जग्गा कीर्ते प्रकरण: १० लाख धरौटी बुझाएर छुटे गच्छदार

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

काठमाडौं- बालुवाटारको सरकारी जग्गा कीर्ते प्रकरणमा तानिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटी बुझाएर छुटेका छन् । 



बुधबार विशेष अदालत काठमाडौंमा १० लाख धरौटी बुझाएर बाहिरिँदै गच्छदारले आफूमाथि विनाकारण मुद्दा चलाइएको गुनासो गरे ।

बालुवाटारस्थित ललिता निवासभित्रको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाउँमा ल्याउन तत्कालीन भौतिक पूर्वाधार मन्त्रीको हैसियतले भूमिका खेलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १७५ जनाविरुद्ध २०७५ माघ २२ गते मुद्दा दायर गरेको थियो ।

अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो र ११ देखि १३ वर्षसम्म कैद सयाज माग गरेको छ । उनी मागअनुसार दश लाख धरौटीमा रिहा भएको प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले गच्छदारलाई छाड्न आदेश दिएको हो ।

रिहा भएपछि गच्छदारले विशेष अदालतमा अख्तियारले आफूविरुद्ध पूर्वाग्रह र प्रतिशोधपूर्ण रुपमा मुद्दा दर्ता गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट