प्रधानमन्त्री देउवाद्वारा माधव नेपाललाई सरकारमा सहभागी हुन आग्रह-Sutra News

प्रधानमन्त्री देउवाद्वारा माधव नेपाललाई सरकारमा सहभागी हुन आग्रह

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपालसँग भेट गरेका छन् । बुधबार साँझ नेपाल निवास कोटेश्वर पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन् ।



भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, आगामी कार्यदिशाको विषयमा छलफल भएको र नेता नेपाललाई देउवाले सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले बताएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एमाले माधव नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको पक्षमा नेपाल पक्षका २६ सांसदले सर्वोच्च अदालत पुगेरै हस्ताक्षर गरेका हुन् ।

सोही आधारमा सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार अन्तरिम आदेश दिएपछि मंगलबार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट