काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताएका छन् ।
मापदण्डविपरीत क्रियाशील सदस्यता वितरण गरिएको आरोप लगाउँदै कांग्रेस केन्द्रीय कार्यालयमा चार दिनदेखि धर्नामा बसेका नेता तथा कार्यकर्तालाई आज भेटेर उनले पार्टीले तय गरेको प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्नेमा जोड दिए ।
‘प्रक्रियाविपरीत दिइएका क्रियाशील सदस्यतालाई १५ औँ महाधिवेशनमा सम्बोधन गर्नेगरी अहिले १३ औँ महाधिवेशनका क्रियाशील सदस्यतालाई आधार मानेर अगाडि बढ्नुपर्छ’, नेता केसीले भने ।
पार्टीका पूर्वसांसद रामअयोध्या यादवको नेतृत्वमा छ बुँदे माग राखेर चार दिनदेखि बाराका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् ।