काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग छलफल गरेका छन् ।
बुधबार प्रधानमन्त्री देउवाले कोरोना संक्रमण, नियन्त्रण र खोपका विषयमा सीसीएमसीसँग छलफल गरेका हुन् । सो क्रममा प्रधानमन्त्री देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
उनले भने, ‘आज कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारबाहिका विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको छु । कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु ।’