वीरगञ्ज- बलात्कारको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
१५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाका अभिभावकको दावी छ ।
पक्राउ परेका धर्मराजविरुद्ध अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।