काठमाडौँ उपत्यकामा सिडिओहरुको बैठक बस्दै, १५ दिन निषेधाज्ञा थप्ने तयारी-Sutra News

काठमाडौँ उपत्यकामा सिडिओहरुको बैठक बस्दै, १५ दिन निषेधाज्ञा थप्ने तयारी

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

काठमाडौँ ।  कोरोना संक्रमणको रोकथाम तथा जोखिम कम गर्न काठमाडौं उपत्यकाका लगाइएको निषेधाज्ञा थप्नका लागि जिल्ला प्रमुख अधिकारी (सिडिओ)को बैठक बस्दै छ ।



विहीबार दिउँसो १ बजे काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो । 

उनीहरुबीच आगामी साउन १५ गतेसम्म निषेधाज्ञा थप्ने तयारी भइरहेको छ । 

उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट