माधव नेपालको रणनीति- ओलीसँग पार्टी एकता नगर्ने, देउवालाई विश्वासको मत दिने-Sutra News

माधव नेपालको रणनीति- ओलीसँग पार्टी एकता नगर्ने, देउवालाई विश्वासको मत दिने

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

 काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको ढोका बन्द भएको संकेत गरेका छन् । अब देशमा एमालेसहितको राष्ट्रिय सरकार बनाउनुपर्ने उनको तर्क छ ।



बिहीबार कोटेश्वर आफ्नै निवासमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री  शेरबहादुर देउवासँग भेटवार्ताको क्रममा  उनले यस्तो बताएका हुन् ।

नेता नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भनेर आश्वासन समेत दिएका छन् । प्रधानमन्त्री देउवाले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

यता प्रधानमन्त्री पदबाट मुक्त भएपछि ओलीले बालुवाटारबाट बालकोट जाने बित्तिकै नेता नेपाललाई एमालेमा ठाउँ नभएको बताएका थिए । उनले नेपाललाई अन्य थुप्रै गालीसमेत गरेका थिए ।

ओलीको यस्तो अभिव्यक्तिले पार्टी एकताका लागि गरिएको १० बुँदे सहमतिमा पनि असर पर्न सक्ने माधव पक्षका नेताहरुको विश्लेषण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट