काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका/स्तर निकै कमजोर/निम्न रहेको भन्दै राष्ट्रपति हटाउन माग गरेका छन् ।
सामाजीक संजालमा लेख्दै उनले यस्तो बताएका हुन् ।
उनले यो स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर भन्दै प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउनुपर्ने उल्लेख गरेका छन् ।
गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका/स्तर निकै कमजोर/निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है!त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि?
— Baburam Bhattarai (@brb1954) July 14, 2021