नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।
नेता विप्लव नेपाल निवास कोटेश्वरमा उनलाई भेट्न पुगेका हुन् ।
विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ताबर्हिगमनपछिको राजनीतिक अवस्थाबारे उनीहरूबीच छलफल भइरहेको कोटेश्वर स्रोतले जनाएको छ।
हिजो बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए ।
आजको भेटमा प्रचण्ड पनि सँगै रहेका छन् ।