मोटरसाइकल दुर्घटनामा परेर वडासदस्यको मृत्यु-Sutra News

मोटरसाइकल दुर्घटनामा परेर वडासदस्यको मृत्यु

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडासदस्यको मृत्यु भएको छ ।



बुधबार साँझ दुर्घटनामा पर्नुभएका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा परेका हुन् ।

आफैँले चलाएको मे८प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई रतुवा पुल नजिक सेतेभिरबाट अन्दाजी करिब १०० मिटर तल झर्दा उनको टाउकोमा चोट देखिएको थियो ।

सख्त घाइते हुनुभएका राईलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट