संघीय संसदको बैठक बस्ने तयारी भएसँगै संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ।
शुक्रबार सांसदहरुको कोरोना परीक्षणको तयारी गरिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्न लागिएको छ।