ट्रकको ठक्करबाट एक असईको मृत्यु-Sutra News

ट्रकको ठक्करबाट एक असईको मृत्यु

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

रौतहटमा प्रहरीका एक असईको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।



मृत्यु हुनेमा प्रसौनी गाउँपालिका ६ घर भई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई ४४ वर्षीय रमेशकुमार रा रहेका छन् ।

प्रहरीका अनुसार प्रदेश २–०३–००१ ख.७१५ नम्बरको ट्रकले स.५ प.९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट