कञ्चनपुरमा भाञ्जाको कुटाइबाट मामाको मृत्यु-Sutra News

कञ्चनपुरमा भाञ्जाको कुटाइबाट मामाको मृत्यु

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ ।



 आपसी विवादमा भाञ्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो ।

 कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

 कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट