काठमाडौँ । विवेकशील साझा पार्टीका नेता रबिन्द्र मिश्रले भ्रष्टाचार अभियुक्त कांग्रेस नेता विजयकुमार गच्छादार थुनामुक्त भएको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार सामाजीक संजालमा लेख्दै उनले उनी छुट्नु संयोग हो कि दुष्चक्र हो भन्दै प्रश्नसमेत गरेका छन् ।
गच्छादारलाई ९ करोड ६५ लाख बिगो र १३ वर्ष जेल सजाय माग गरिएकोमा १० लाख धरौटीमा छुटेका थिए ।
संयोग कि उही दुष्चक्र?
डेढ वर्षदेखि म्याद नबुझेका तर पार्टीका आन्तरिक बैठकमा सहभागी हुँदैआएका भ्रष्टाचार अभियुक्त कांग्रेस नेता गच्छादार, कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेको भोलीपल्टै अदालतमा हाजिर भए र ९ करोड ६५ लाख बिगो र १३ वर्ष जेल सजाय माग गरिएकोमा १० लाख धरौटीमा छुटे।— Rabindra Mishra (@RabindraMishra) July 15, 2021