काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई आयोगको म्याद थप गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हो । आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थपिने भएको छ ।
यस्तै आजको बैठकले प्रतिनिधि सभा बैठक साउन ३ गतेको लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।