काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेसँगै माधव नेपाल समूहले पनि बिहीबार अखिर फोर्स गठन गरेको छ ।
आज बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै माधव नेपाल पक्षको अनेरास्ववीयूले अखिल फोर्स गठन गरेको हो ।
अराजकता मच्याउनेका विरुद्ध परिचालन गर्न अखिल फोर्स गठन गरिएको अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमले बताए ।
अखिल फोर्स देशभर नै गठन गर्ने उनीहरुले बताएका छन् ।