काठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा साउन १० गतेसम्म थपिएको छ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो।
अबको निशेधाज्ञामा लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने निर्णय भएको छ ।