यातायात भाडावृद्धि विरुद्ध आन्दोलन गर्ने पाँच विद्यार्थी संगठनको घोषणा-Sutra News

यातायात भाडावृद्धि विरुद्ध आन्दोलन गर्ने पाँच विद्यार्थी संगठनको घोषणा

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेपछि ५ विद्यार्थी संगठनहरु त्यसविरुद्ध उत्रने भएका छन् ।



बिहीबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले भाडावृद्धि घटाउन आन्दोलनमा जाने निर्णय गरेका हुन् ।

‘ भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।’  विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उनीहरुले तोकिएको मापदण्ड र निर्देशिका विपरीतको अवैध  प्रक्रिया तत्काल रोक्नसमेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट