विश्वासको मत लिन तयार छु- शंकर पोखरेल-Sutra News

विश्वासको मत लिन तयार छु- शंकर पोखरेल

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिन आफू तयार रहेको बताएका छन् । 



बिहीबार प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै मुख्यमन्त्री पोखरलले आफू विश्वासको मत लिन तयार रहेको बताएका हुन् ।

यस्तै आज लुम्बिनी प्रदेशमा सत्तापक्षकै सांसदहरु बैठकबाट बाहिरिएपछि प्रदेशको प्रदेशसभा बैठक आधा घण्टाका लागि रोकिएको छ ।

बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सबै मन्त्री तथा सत्तापक्षका सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।

मुख्यमन्त्री पोखरेलसहित अन्य मन्त्रीहरु बाहिरिएपछि पूर्णबहादुर घर्तिले आधा घण्टा बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट