आज यी ठाउँहरुमा भारी वर्षा हुँदै, सतर्क रहन विभागको आग्रह-Sutra News

आज यी ठाउँहरुमा भारी वर्षा हुँदै, सतर्क रहन विभागको आग्रह

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल  देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।



अहिले  देशभर सामान्य बदली रही  प्रदेश नं १, प्रदेश नं  २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाकी प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम  वर्षा भईरहेको छ।

आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूर-पश्चिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट