काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।
लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले २ वटा अध्यादेश जारी गरेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको हो ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख यादवले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश, २०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश जारी गरेका थिए ।
सरकारले बिहीबार राती नै बजेट अधिवेशन अन्त्य गरेको थियो ।