काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले कोरोनाको खोप ल्याएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
शुक्रबार सामाजीक संजाल ट्वीटरमा लेख्दै उनले ओलीलाई धन्यवाद दिएका हुन् ।
‘शुरुमा केही अलमल र विवाद भएपनि जाँदाजाँदैको सरकारले करिव एक करोड कोरोना विरुद्धको खोप आपुर्ति व्यवस्था सुनिश्चित गरेकोमा धन्यवाद दिनैपर्छ।’ उनले लेखेका छन् ।
शुरुमा केही अलमल र विवाद भएपनि जाँदाजाँदै @kpsharmaoli को सरकारले करिव एक करोड कोरोना विरुद्धको खोप आपुर्ति व्यवस्था सुनिश्चित गरेकोमा धन्यवाद दिनैपर्छ। @DeubaSherbdr को सरकारले अब अभियानको रुपमा खोप लगाउने तथा थप खोप ल्याउने कार्यमा सफलता प्राप्त गर्ने आशा गर्दै शुभकामना दिन्छु
— Kamal Thapa (@KTnepal) July 16, 2021