एमाले स्थायी कमिटीको बैठक जारी-Sutra News

एमाले स्थायी कमिटीको बैठक जारी

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ ।



बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा सुरु भएको हो ।

अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठक बोलाएका हुन्। सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी समिति बैठक बसेको हो।

बैठकमा ओलीले आफूले न्याय पाउनुपर्ने ठाउँमा अन्याय भए पनि सकारात्मक प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । 

त्यस्तै एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ। एमालेका संसदीय दलका नेता केपी ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित लोत्से हलमा बैठक बस्न थालेको हो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट