नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले आफूहरुलाई अन्याय गरेको बताएका छन् ।
शुक्रबार च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
आफूहरु जनादेशबाट नभई परमादेशबाट बाहिरिएको उल्लेख गर्दै उनले सबैजना जनतामा जानुपर्ने उल्लेख गरे ।
आजको बैठकमा प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे आजको छलफल हुँदैछ ।